आर्यन दत्तको घातक बलिङमा नामिबिया १२३ रनमै अलआउट 

काठमाडौं : आर्यन दत्तको घातक बलिङप्रेरित नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नामिबियालाई १२३ रनमै अलआउट गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाएपछि नेदरल्यान्ड्सले जितका लागि १२४ रनको लक्ष्य पाएको हो । 

Dengue

नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए । नौ ओभर बलिङ गरेका दत्तले ३४ रनमात्र खर्चिए । काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ‘ओडोडले समान एक विकेट लिए । 

नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे । यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार