हेर्नुहोस् तपाईंको आजको राशिफल

धनगढी : आज ०६ फागुन २०८० आईतबार को राशिफल यस्तो रहने छ ।

मेष : दिन राम्रो छ। मन खुशी हुनेछ। धार्मिक व्यक्तित्वसँग भेट हुनेछ। व्यापारमा लाभ हुनेछ। शिक्षामा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारको साथ मिल्नेछ।

Dengue

वृष : आर्थिक क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक क्षेत्रमा विरोध सुन्नुपर्ने हुनसक्छ। मर्यादामा रहनु आवश्यक देखिन्छ । परिवारमा खुशी मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षामा लाभ हुनेछ । सामाजिक परोपकार गर्ने दिन रहेको छ। वैदेशिक क्षेत्रको लगानीमा जोगिएर काम गर्नुपर्ने देखिन्छ । परिपवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दैनिकी सामान्य छ । तपाईंको धनमा आँखा लगाउने धेरै छन् । खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारसँगको सम्बन्धमा खटपट हुनेछ ।

सिंह : दैनिकी राम्रो छ। पैतृक सम्पत्ति प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीले सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा लगानी भए फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा भने खटपटी देखिनसक्छ ।

कन्या : सयम राम्रो छ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । सामाजिक सेवाको अवसर मिल्नेछ । रोग सुधार हुँदै जानेछ । लामो यात्रा नगर्नु राम्रो हुन्छ । आज पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ ।

तुला : दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ र सहयोग गर्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अचानक पुरानो रोग बल्झिने खतरा हुनसक्छ । खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ ।

वृश्चिक : समय सामान्य छ । झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । अचानक शिर दर्दको सामना गर्नुपर्नेछ । शिक्षामा सफलता मिल्नेछ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ ।

धनु : दिन राम्रो छ । कारोबारबाट फाइदा हुनेछ। बन्धु र साथीबाट सहयोग मिल्नेछ । रोगबाट छुटकारा हुने योग रहेको छ । धेरै बोल्ने साथीसँग सचेत हुनुपर्ने आवश्यकता देखिन्छ। परिवारको सहयोग मिल्नेछ।

मकर : समयको ख्याल गर्नुपर्ने देखिन्छ। कुनै पनि काममा जाँगर नहुने देखिन्छ। साथीभाइले साथ दिनेछन् । लामो समयदेखि समस्या भइरहेको रोगबाट मुक्त हुने योग छ। परिवारको साथ र सहयोग राम्रो छ ।

कुम्भ : दिन सामान्य छ। अल्छीपनले सताउने छ। साथीले अप्ठेरो कुरा गर्ने हुनसक्छ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम र परिवारसँगको सम्बन्धमा समस्या हुनसक्छ।

मीन : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। स्वदेशमै लगानीका सम्भावना भेटिने छन्। ठुलो उद्योगमा हात नलगाएकै राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ,कर्ममा विश्वास गर्नुहोस् भाग्य आफैं बदलिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार