कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

धनगढी : एसीसी महिला प्रिमियर कप अन्तर्गत कुवेतसँगको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ।

मलेशियामा जारी प्रतियोगितामा बुधबार टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति वालासुव्रमन्यम र कादिजा खालिलले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

SHIKHAR COOL TECH

नेपालका लागि सीता राना मगरले तीन, कविता कुँवर र रुविना क्षेत्रले दुई–दुई विकेट लिए। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार