धनगढी : नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्री ड्राइस वेन एगत र उनकी पत्नी युजिनले इच्छा मृत्युवरण गरेका छन् । दुवैको उमेर ९३ वर्ष रहेको र लामो समयदेखि बिमार रहेका कारण दुवैले इच्छा मृत्यु रोजेका हुन् ।
सोमबार कानूनी प्रक्रिया पूरा गरी उनीहरुले इच्छा मृत्यु (एक्टिभ युथेनेसिया) मार्फत प्राण त्यागेका हुन् । चिकित्सकको मद्धतबाट दुवैले अन्तिम स्वास लिएका थिए । अन्तिम समयसम्म दुवैले एक अर्काको हात समातिरहेका थिए ।
नेदरल्याण्ड्समा सन् २००० मै युथेनेसियालाई कानूनी मान्यता दिइएको थियो । जो त्यस्तो रोगबाट पीडित होस् जसको उपचार नै सम्भव छैन भने त्यस्ताले इच्छा मृत्युको माग गर्न पाउँछन् ।
एग्तले आफ्नी पत्नीलाई निकै चाहन्थे । केही वर्षअघि युजीनले भनेकी थिइन् – उनी आज पनि मलाई माइ गर्ल भनेर सम्बोधन गर्छन् । उनीहरु ६८ वर्ष एकसाथ रहे । दुवैले मृत्युको दिन आफैँले तय गरेका थिए ।
एग्त सन् १९७७ देखि १९८२ सम्म प्रधानमन्त्री रहे । उनलाई सन् २०१९ मा ब्रेन हेमरेज भएको थियो । उनीहरुका तीन सन्तान छन् ।
प्रतिक्रिया दिनुहोस्