वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कस्को कती पुग्यो हेर्नुहोस् ?

धनगढी- २० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर माघको अन्तिम दिन सोमबार सार्वजनिक गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् ।  बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।

Dengue

जसअनुसार सबैभन्दा सस्तो ब्याजमा ऋण कृषि विकास बैंकले दिने भएको छ ।  व्यक्तिगत मुद्दति निक्षेपमा यो बैंकले ६.४४३ प्रतिशत ब्याज दिने भएको छ ।  त्यस्तै संस्थागत निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने बताइएको छ । 

माघमा यो बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत व्याज तोकिको थियो । 

फागुनका लागि बैंकहरूको ब्याजदर ८.१५ प्रतिशतभन्दा बढी छैन । कुमारी बैंकको ८.०१ प्रतिशत र हिमालयन बैंकको ८.१५ प्रतिशत छ । बाँकी १८ बैंकको भने ब्याजदर ८ प्रतिशतभन्दा कम छ । 

एक समय व्यक्तिगत निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको थियो । ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंक छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार