तराईमा हुस्सु र कुहिरो , पूर्वी तथा मध्य क्षेत्रमा हिमपात

कैलाली-पश्चिमी वायुको आंशिक प्रभावका कारण मुलुकका पहाडी भूभागमा आंशिक बदली हुने छ । बाँकी भूभागको मौसम समान्यत सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ ।

Dengue

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना छ ।काठमाडौंको न्यूनतम तापक्रम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । दुई दिन यता काठमाडौंको स्थिर तापक्रम विस्तारै बढ्दै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार