न्यायाधीश विरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउन आदेश

धनगढी- सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको हो। रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरी विरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत, पाटनले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश भएको थियो।

Galaxy

गिरीले बलात्कार गरेको भन्दै उनकी श्रीमतीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश भएको थियो।

त्यसका विरुद्ध उनले उच्च अदालत, पाटनमा निवेदन दिएकी थिइन्। उच्च अदालतले पनि थुनामा राख्न नपर्ने आदेश दिएको थियो।

त्यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेकी हुन्। यसमा सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको छ। यसमाथि माघ २४ गते सुनुवाइ तोकिएको छ।

न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालत अगाडि आत्मदाह गर्न खोजेकी थिइन्। उनलाई सुरक्षाकर्मीले जोगाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार