पहिलो पटक अमेरिकी सेनाको भूमिकामा अभिनेता दयाहाङ राई

धनगढी- अभिनेता दयाहाङ राईले उनको आगामी फिल्म ‘भूठान’मा अमेरिकी सेनाको भूमिकामा अभिनय गरेका छन् । फिल्म छायांकनको इण्ड-कल्यापबारे जानकारी दिन निर्माताले बुधबार सार्वजनिक गरेको तस्वीरमा राईको चरित्र चित्रणबारे खुलासा भएको हो ।

उक्त फिल्ममा अभिनय गरेर अभिनेता राई स्वदेश फर्किइसकेका छन् । प्राप्त तस्वीरमा राईलाई हलिउड अभिनेता ब्रुस डर्न र भारतीय अभिनेत्री अनुराधा मजुमदारसँगै देख्न सकिन्छ ।

Dengue

बुलबुल’ फेम्ड विनोद पौडेल निर्देशित नेपाल र अमेरिकी प्रोजेक्टको छायांकन ओहायो राज्यमा सकिएको छ । यो फिल्मलाई सन् २०२४ को अन्त्यतिर विश्वब्यापी प्रदर्शन गर्ने तयारी छ ।

भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास र संघर्षको कथावस्तुमा बनेको यो फिल्ममा नेपालबाट हरिवंश आचार्य लगायतको पनि अभिनय छ । दयाहाङको कुरा गर्दा, उनीसँग दर्जनभन्दा बढी फिल्मको लाइनअप छ ।

रोचक त के छ भने, एउटै मितिमा समेत उनी अभिनित फिल्मबीच प्रतिस्पर्धा हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार