बैंकहरुको निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब,कर्जा लगानी पनी केही मात्रामा बढ्यो

धनगढी – बैंक तथा वित्तीय संस्थाहरूद्वारा सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । माघ १४ गतेसम्म वाणिज्य बैंक, विकास बैक, फाइनान्स तथा वित्त कम्पनीहरूले सङ्कलित निक्षेपको आकार साढे ६१ खर्ब नजिक पुगेको हो ।

माघ १३ गते बेलुकासम्म बैंकहरुद्वारा सङ्कलित निक्षेप ६१ खर्ब ३४ अर्ब रुपैयाँ थियो । तर, भोलिपल्ट नै थप २ अर्ब रुपैयाँ थपिँदै कूल निक्षेपको आकार ६१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको हो ।

Dengue

यद्यपि, पछिल्लो तथ्याङ्कमा निक्षेपको तुलनामा बैंकहरुको कर्जा लगानी केही बढेको केन्द्रीय बैंकले जनाएको छ । माघ १३ गतेसम्म ६१ खर्ब ३६ अर्ब निक्षेप सङ्कलन गर्दै बैंकहरुले कूल ५० खर्ब ८१ अर्ब कर्जा लगानी गरेका छन् । यस्तो कर्जा लगानी माघ १३ गतेसम्म ५० खर्ब ७८ अर्ब रुपैयाँ हाराहारी मात्र रहेको थियो ।

वाणिज्य बैंक र अन्य वित्त कम्पनीहरूको लगानी समीक्षा अवधिमा कुल सङ्कलित निक्षेपको ८८.४८ प्रतिशत अर्थात् ५४ खर्ब २९ अर्ब रुपैयाँ २० वटा वाणिज्य बैंकहरुले मात्र उठाएका छन् ।

बाँकी ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको निक्षेप विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स लगायतका वित्त कम्पनीहरूले उठाएका हुन् ।यस्तै यता कर्जा लगानी तर्फ पनि कूल कर्जामध्ये ८८.४१ प्रतिशत (४४ खर्ब ९२ अर्ब रुपैयाँ) वाणिज्य बैंकहरुले आफैले लगानी गरेर बाकी रहेको ५ खर्ब ८९ अर्ब रुपैयाँ मात्र अन्य बैंक तथा वित्तीय कम्पनीहरूले लगानी गरेका छन् ।

तथापि, निक्षेप सङ्कलनको तुलनामा बैंकहरुले लगानी गर्न नसक्दा बैंकहरुसँग अधिक तरलता थुप्रिन पुगेको छ । माघ १५ सम्ममा ८०.४८ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ६ खर्ब माथि तरलता रहेको छ । यसले पनि केन्द्रीय बैंक माथि निक्षेप सङ्कलन उपकरण वा रिभर्स रिपो मार्फत बैंकिङ प्रणालीबाट तरलता तान्नुपर्ने दबाब परेको हो ।

पछिल्लो दुई दिनमा (मंगलबार र बुधबार) केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण मार्फत बैंक तथा वित्तीय कम्पनीहरूबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोधन गर्दैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार