भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमतीलाई १४ वर्ष जेल सजाय

धनगढी- भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई १४ वर्षको जेल सजायको फैसला भएको छ।

पाकिस्तानको विशेष अदालतले खानलाई राज्यका गोपनीय दस्तावेज चुहाट गरेकोमा दोषी ठहर गरेको एकदिन पछि भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय सुनाएको हो।

Seti Hospital

राज्यको गोप्य कुरा चुहावट गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। २०२२ मा विपक्षीहरूले प्रधानमन्त्रीको रुपमा अपदस्थ गरेका खान अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ तीन वर्षको जेल सजाय भोगिरहेका छन्।

व्यक्तिगत लाभका लागि खान दम्पतिले राज्य उपहारहरू अवैध रुपमा बेचेको आरोप छ। यसैगरी अदालतले खानलाई फेब्रुअरी ८ मा हुने संसदीय चुनावमा कुनै पनि सार्वजनिक पदमा बस्नका लागि अयोग्य ठहराएको छ।

उनले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन्।

स्रोत(बीबीसीबाट)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार