इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ ।

उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिस आक्रमणमा परि कयौं घाइते भएका छन् ।

इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ ।

गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले गत ७ अक्टोबरमा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

यस्तै, ५० हजारभन्दा बढी घाइते भएका छन् । यी संख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन्। गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ । गाजाका करिब २३ लाख जनसंख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ ।

यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १ हजार २ सय जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ ।

इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्णरूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ । ​अर्कोतर्फ हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।

MIDEAST-GAZA-JABALIA REFUGEE CAMP-ISRAEL-ATTACKS-AFTERMATH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार