धनगढी- काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत, पाटन जाने भएका छन् ।जिल्ला अदालतले सुनाएको ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सजायको फैसलाविरुद्ध सन्दीप चाँडै उच्च अदालत जाने उनका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
उनका अनुसार अदालतको निर्णयबाट असन्तुष्ट भएका सन्दीप पुनरावेदनका लागि उच्च अदालत जान लागेका हुन् ।सन्दीप जिल्ला अदालत काठमाडौंबाट गत पुस १३ गते जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका थिए ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले जबरजस्ती करणीको मुद्दामा किशोरी साबालिग रहे पनि लामिछाने दोषी रहेको ठहर गरेको थियो ।
न्यायाधीश ढकालको इजलासले सन्दीपलाई बुधवार ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाए ।
परिवर्तित नाम गौशाला २६ लाई जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।बलात्कार मुद्दामा दोषी ठहर भएर ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाए पनि क्रिकेटर सन्दीपले तत्काल कारागारमा बस्नु नपर्ने भएको छ ।
प्रतिक्रिया दनुहोस्