मञ्जुश्री फाइनान्स सहित १२ कम्पनीको साधरणसभा बस्दै,मञ्जुश्रीले लगानीकर्तालाई लाभांश दिने

धनगढी – पुस महिना अन्तिम तिर आएसँगै विभिन्न कम्पनीको धमाधम साधरणसभा बसिरहेको छ । आज पुस २५ बुधवारका दिन एकै पटक १२ कम्पनीको साधारण सभा बस्दै छ ।

यी १२ वटा कम्पनीमध्येमा ४ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् भने बाकी ८ कम्पनीले लगानीकर्ताको हात रित्तो पार्ने भएका छन्। सभामा लाभांश प्रस्ताव पेश गर्नेमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत रहेका छन् भने लगानीकर्ताहरूको हात खाली बनाउनेमा लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, ङादी ग्रुप पावर, वरुण हाइड्रोपावर, सगरमाथा जलविद्युत, हिमालयम पावर पार्टनर, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन लघुवित्त रहेका छन् ।

Dengue

मञ्जुश्री फाइनान्सको सभा थापा गाउँ ब्यांक्वेट नयाँ बनोश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले ७ करोड ११ लाख ३२ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । यता, कम्पनीले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरिसकेको छ ।

हिमालयन डिस्टिलरीको सभा वीरगन्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ। यस कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

नेपाल ल्यूब आयल लिमिटेडको सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान ११:३० बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने एजेन्डा तय भएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने समेटिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि रहेका छन् । सभा प्रयोजनका लागि कम्पनीले पुस १० बुक क्लोज गरिसकेको छ ।

रु रु जलविद्युत परियोजनाको साधारण सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौँमा बिहान १०:३० बजेबाट सुरु हुनेछ । सभाले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।लिवर्टी इनर्जी कम्पनीको साधारण सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । हिमालयन हाइड्रोपावरको सभा वाटरफ्रन्ट रिसोर्ट लेक साइट, पोखरामा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले संस्थापक तथा सर्वसाधारण सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

ङादी ग्रुप पावरको सभा कुण्डलिनी दरबार ब्यांकेट, काठमाडौँमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । ङादीले मर्जर वा एक्वाजिशन सम्बन्धी प्रस्ताव भने सभामा पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । वरुण हाइड्रोपावर कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।सगरमाथा जलविद्युत कम्पनीको सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौँमा अपरान्ह १ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन । सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । हिमालयम पावर पार्टनर लिमिटेडको वार्षिक साधारण सभा लैनचौर ब्यांकेट लैनचौरमा बिहान ९ बजेदेखि सुरु हुनेछ । हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सभा यति इन्भेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टर बसुन्धारा, काठमाडौँमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभामा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका विषयमा छलफल हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । हिमालयन लघुवित्तको सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यो पटक लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभाले सर्वसाधारण सेयर धनीको तर्फबाट १ जना सञ्चालक पनि नियुक्ति गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार