अमेरिकामा गोली चल्दा एक विद्यार्थीको मृत्यु, पाँच घाइते

अमेरिका : अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। 

१७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।​

Dengue

आफैलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन्। दुईवटा बन्दुकसहित आएका ती किशोरले गोली चलाएको अमेरिकी अधिकारीले जनाएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार