पाकिस्तानले किन गर्‍यो नयाँ वर्ष नमनाउने निर्णय ?

पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ । कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्यालेस्टिनीहरुप्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् ।

पाकिस्तानमा नयाँ वर्षको उत्सव यसअघि पनि ठूलो मात्रामा मनाइँदैन, इस्लामिक समूहहरूले सुरुदेखि नै यसको विरोध गर्दै आएका छन् । प्यालेस्टाइनको गम्भीर अवस्थालाई ध्यानमा राखेर र प्यालेस्टाइनीप्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्षमा कुनै पनि प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाउने काकरले बताए ।

Dengue

उनले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि इजरायली सेनाको आक्रमण र बम विष्फोटमा ९ हजार बालबालिकासहित २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताए । कक्कडले इजरायली सेनाले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध हिंसा र अत्याचारको सबै सीमा पार गरेको पनि बताए ।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्रीले गाजा र वेस्ट बैंकमा निर्दोष बालबालिका र निहत्था प्यालेस्टाइनीको नरसंहारबाट पाकिस्तानसहित विश्वभरका मुस्लिमहरूले अपार पीडा महसुस गरिरहेको बताएका छन् ।

प्यालेस्टिनी नागरिकका लागि पाकिस्तानले दुईवटा सहायता प्याकेज पठाएको र तेस्रो प्याकेज पठाउने तयारी भइरहेको काकरको भनाई छ । उनले प्यालेस्टाइनलाई समयमै सहायता उपलब्ध गराउन र गाजामा रहेका घाइतेहरूलाई बाहिर निकाल्न पाकिस्तानले जोर्डन र इजिप्टसँग वार्ता गरिरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार