नाइजेरिया : किसान–गोठालाबिच झडप, ११३ जनाको मृत्यु

धनगढी – अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ । देशको मध्यभाग पठारमा शनिबारदेखि सुरु भएको हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबिच बारम्बार झडपहरू भइरहेका छन् । मे यतापहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो
पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए । योजनाबद्धढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।

समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ ।
आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन । पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन् । नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौँको ज्यान लिइसकेको छ ।

Dengue

यसलाई प्रायः मुस्लिम गोठालाहरू र इसाई किसानहरू बिचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार