पीडित बि.क परिवारका लागी आर्थिक सहयोग जुट्दै

Call24News

के.आई.सिंह गाउँपालिका-४, वायल, डोटी बस्ने दलबहादुर बि.क र उहाँकी श्रीमती बासु बि.क को उपचारको निमित्त आर्थिक संकलन शुरु भएको छ । आर्थिक अवस्था निकै नाजुक भएका बि.क परिवारको उपचारको लागी स्थानिय बुद्धिजिवी,शिक्षक नर बहादुर कार्किले पटक पटक सामाजिक संञ्जालमा भिडियो सहित पोष्ट गरेपछी सहयोगीदाताले नगद सहयोग पठाएका छन् । आज स्थानिय बुद्धिजिवी,शिक्षक नर बहादुर कार्किले दलबहादुर बि.क र उहाँकी श्रीमती बासु बि.क लाई भेटी प्राप्त नगद हस्तान्तरण गरेको आफ्नो समाजिक संञ्जाल मार्फत जानकारी दिएका छन् ।

नर बहादुर कार्किको फेशबुकबाट
निस्स्वार्थ मानव सेवाजन्य कार्यहरु हराउँदै गइरहेको अहिलेको कठिन तथा जटिल समयमा पनि आफ्नो आर्थिक स्थिति, परिस्थिति तथा घरपरिवारका समस्याहरुहरुलाई थातिराख्दै मानव सेवामा समर्पित सम्पूर्ण परदेशी तथा स्वदेशी दाजुभाइ दिदीबहिनीहरु तथा हरेक सहयोगी मनहरुको साथ, सहयोग र समर्थनबाट बिरामी दलबहादुर बि.क र उहाँकी श्रीमती बासु बि.क को उपचारका लागि संकलित आर्थिक सहयोग नेरु. ३५,२६० (नेपाली रुपैयाँ पैतिस हजार दुई सय साठी) नगद उहाँकै घरआँगनमा गई आज मिति २०८० साल पौस ०९ गते हस्तान्तरण गरिएको छ भने उहाँकै नाति नरी बिकका छोरा निसान बिकको उपचारका लागि नेरु. १,४७,००० (एकलाख सतचालिस हजार) खर्च गरिसकिएको छ । यस प्रकारको कल्याणकारी कार्यमा सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी महानुभावहरुको जोस, जाँगर र परोपकारी भावना समाजका हरेक समस्या समाधान गर्न अग्रसर भइरहोस् । यो साझा सहयोग र प्रयासमा सहभागी सम्पूर्ण परोपकारी मनहरुलाई हार्दिक धन्यवाद .

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार