देउवासँग चुनाव लडेका सागर ढकाल युक्रेन र रुसको बोर्डरमा काम गर्दै

Call24News

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका ई. सागर ढकाल अहिले युक्रेनमा छन् । सामाजिक सञ्जलामार्फत् उनले दिएको जानकारीअनुसार उनी हाल युक्रेनका गाउँमा पुगेका छन् ।अमेजनको जंगलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन् । रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन् ।

अमेजनको जंगलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु । रुस-युक्रेन बोर्डरको गाँउहरूमा ५ ठाँउ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु,उनले लेखेका छन्, सकिन आँट्यो। युक्रेनी गाँउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो । बाँकी अन्य सामान्य काम हुने नै भए ।हाल रुस युक्रेनबीच युद्ध चलिरहेको छ । उनले अर्को दुई हप्तामा नेपाल आइपुग्ने बताएका छन् । गत निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार