नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन

काठमाडौं -नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३०औं संञ्चालक समितिको बैठकबाट रामु पौडेर्ल सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

आजको औपचारिक कार्यक्रममा उहाँले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षपदको सपथ ग्रहण गरेका छन् ।

Dengue

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएका हो । रामु पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार