काठमाडौंः यु १९ एसिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले आज अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्ने प्रयासमा हुने छ ।
समूह ‘ए’मा भारत पाकिस्तानसँगै नेपाल र अफगानिस्तान रहेका छन् । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग पराजित भएकाले आज जित निकाल्ने लक्ष्यमा रहेको छ ।
नेपाल र अफगानिस्तानबीचका खेल युएईमा अहिले सवा ११ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्