नेपाल सुपर लिगमा आज चितवन र ललितपुर भिड्दै

काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल)मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबिच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । 

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको ललितपुर तालिकाको चौथो स्थानमा छ । आजको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

Dengue

चार खेलबाट पाँच अङ्क जोडेको चितवन भने तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार