महिला टी-२० सिरिज : तेस्रो स्थानका लागि जापानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं : चार देशीय महिला टी-२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि नेपालले जापानविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टस जितेर नेपालले जापानविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको हो । समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

Dengue

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।
चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी-२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। तान्जानिया र हङकङले उपाधिका लागि आजै ११:४५ बजे प्रतिस्पर्धा गर्ने छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार