विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाण्डौ :आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्ड अन्तिम चारमा पुगेका छन् । हिजो भएको खेलमा पाकिस्तान इंग्ल्याण्डसँग हारेसँगै न्युजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा अंकतालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वान्खडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् ।

Dengue

विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज भारत र नेदर्ल्याण्डस्बीच खेल हुनेछ । हिजो भएको खेलमा पाकिस्तानलाई ९३ रनले हराएको इंग्ल्याण्ड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि छनोट भएको छ । हिजो भएको अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार