भारतले सेमिफाइनलमा न्युजिल्यान्डसँग खेल्ने

घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग भिड्ने पक्कापक्की जस्तै भएको छ।

न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएपछि सेमिफाइनलमा भारतसँगको भेट पक्का जस्तै भएको हो। यद्यपी न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न औपचारिकता भने बाँकी छ।

Dengue

भारत ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ। दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ। अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ।

न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ। पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ। न्युजिल्यान्डको नेटरनरेट प्लस ०।७४३ र पाकिस्तानको ०।०३६ छ।

पाकिस्तानले न्युजिल्यान्डलाई नेटरनरेटमा पछि पार्न अन्तिम खेलमा शनिबार इंग्ल्यान्डलाई कम्तिमा २ सय ८७ रनले हराउनु पर्ने हुन्छ। यदि इंग्ल्यान्डलाई १ सय ५० भन्दा कम रनमा रोके पाकिस्तानले उक्त लक्ष्य ३।४ ओभरमा पूरा गर्नुपर्ने हुन्छ।

पाकिस्तानले २ सय माथिको योगफल ७ ओभरमा पूरा गर्नुपर्ने हुन्छ। त्यसैले पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिन औपचारिकता बाँकी देखिन्छ।उता अफगानिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकालाई ४ सय ३८ भन्दा बढी रनले हराउनु पर्ने हुन्छ। पाकिस्तान र अफगानिस्तान दुबैको सेमिफाइनल समिकरण असम्भव देखिन्छ।

त्यसैको कारण पहिलो सेमिफाइनल खेलमा वानखडे स्टेडिम मुम्बईमा १५ नोभेम्बरमा भारत र न्युजिल्यान्ड भिड्ने पक्का छ। १६ नोभेम्बरमा इर्डेन गार्डेन कोलकातामा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ।

२०१९ को विश्वकपमा पनि न्युजिल्यान्डले पाकिस्तानलाई नेटरनरेटमा पछि पारेको थियो। दुबै टोलीको समान ११ अंक भएपनि नेटरनरेटको कारण न्युजिल्यान्डले सेमिफाइनल खेलेको थियो ।

न्युजिल्यान्डले २०१९ को विश्वकपमा भारतलाई १८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। जितको लागि २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत २ सय २१ रनमै अल आउट भएको थियो। सन् २००० यता न्युजिल्यान्डले भारतलाई सबै नक आउट खेलमा हराउँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार