विश्वकप क्रिकेट: इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै

आइसीसी विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई हराएको छ । जितको लागि ३४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७।२ ओभरमा १७९ रनमा अल आउट भयो ।

सेमिफाइनल होडबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको जारी विश्वकपमा यो दोस्रो जीत हो । जितसँगै तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौं स्थानमा उक्लिएको छ ।

Dengue

नेदरल्यान्ड्सविरुद्ध १६० रनको फराकिलो जीत हात पारेको इंग्ल्यान्डले २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ ।

अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जीत निकाल्न सके अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छन् ।

हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार