आठविस नगरपालिकाका कर्मचारी आन्दोलनमा,आन्दोलन गर्नेलाई हटाउने नगर प्रमुखको धम्की

दिपक बम, दैलेख, १९ असोज । दैलखको आठविस नगरपालिकामा कार्यरत करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । नगर प्रमुख तर्क बहादुर बडुवालले कर्मचारीलाई हाजिरी नलगाउन भनेपछि नगरपालीका भित्रका शिक्षक, स्वास्थ्य कर्मि, नगर तथा वडाका अन्य शमखामा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

नगर प्रमुखले एकोहोरो निर्णय गरेर कर्मचारी हटाउन लागेको करारका कर्मचारीहरुको आरोप छ । पालिकाले काम गर्न पठाउने तर प्राविधीक समस्या देखखाएर हाजिरी लगाउन रोकेको उनिहरुको भनाई छ । चालु आर्थिक वर्षको साउनबाट कर्मचारीको म्याद थप नगरेको र नगर प्रमुखले एक महिना मात्र म्याद थप गर्न सकिने बताएको संघर्ष समितीका संयोजक शिवराज थापाले बताए ।

Dengue

नगर प्रमुख बडुवालको एकोहोरो निर्णयले आफुहरु लाई हटाउन लागे पछि आन्दोलन गर्न बाध्य भएको कर्मचारीहरुको भनाई छ । नगरपनलीकामा रहेका करारका शिक्षकले गत आर्थिक वर्षको ३ महिनाको तलब समेत नपाएको गुनासो पोखेका छन् । नगर प्रमुख तर्क बहादुर बडुवालले पालिकामा बजेट अभाव हुदा शिक्षकको तलब रोकीएको बताए ।

रोकीएको तलब चालु आर्थिक वर्षको बजेटबाट दिने उनले जानकारी दिए । चालु आर्थिक वर्षबाट करारका कर्मचारीको कार्य विभाजन गरी अन्य शाखामा खटाउने निर्णय गरेको नगर प्रमुख बडुवालले बताए । असार ३० गते कर्मचारीको कार्य विभाजन गरी नगरपालीकाका निमित्त प्रमुखलाई सुचना दिएको तर कार्यान्वयनमा नल्याएको उनको भनाई छ ।

कर्मचारी व्यावस्थापन गर्न केहि दिन लाग्ने भए पछि हाजिरी नलगाउन भनेको नगर प्रमुख बडुवालले बताए । नगर प्रमुखले आन्दोलन गर्ने कर्मचारीलाई हटाउनु पर्ने बताएका छन् । नगरपालीकामा कर्मचारीको आवश्यकता रहेको तर कुरा नबुझेर आनदोलन गर्ने,असहज बातावरण फैलाउने कर्मचारीहरुलाई हटाएर नयाँ कर्मचारी राख्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार