धनगढीमा हार्डवेयर एक्सपो २०८० सुरु

धनगढी, १० असोज । धनगढीमा हार्डवेयर एक्सपो मेला सुरु भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा बुधबार देखी हार्डवेयर एक्सपो २०८० सुरु भएको हो ।

कैलाली हार्डवेयर व्यवसायी संघका अनुसार संघका सदस्य भएका चार सय २५ वटा हार्डवेयर पसलहरुको दैनिक १२ देखि १५ करोड रुपैयाँको निर्माण सामग्री खरिदविक्री हुने अनुमान गरिएको छ । एक्सपोले यहाँको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Dengue

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलालीका अनुसार जिल्लाभित्र एक हजार ९ सय ५७ वटा हार्डवेयरका पसल दर्ता भएर सञ्चालनमा छन् । ती पसलहरुबाट दैनिक १५ देखि २० करोड रुपैयाँको निर्माण सामग्री विक्री हुने गरेको अनुमान छ।

प्रदेशभित्र निर्माण सामग्रीको खपत बढ्न थालेपछि उक्त हार्डवेयर एक्सपो–२०८० को तेस्रो श्रृंखला सुरु भएको हो । स्वदेश एवं विदेशी हार्यवेयर सामग्रीका विषयमा जानकारी दिने उद्देश्यले आजबाट १४ गतेसम्म धनगढीस्थित सौराई स्क्वायरमा प्रदर्शनी गरिने छ निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपोमा ५० भन्दा बढी कम्पनी तथा व्यवसायीक फर्मका स्टलहरु अवलोकन गर्न सकिनेछ ।

कैलालीमा मात्र वार्षिक पाँच अर्ब मुल्य बराबरको हार्डवेयरका सामग्रीको व्यापार हुने गरेको अनुमान छ । प्रदेशभर झण्डै वार्षिक ८ अर्बको यस्तो कारोबार हुने गरेको अनुमान व्यवसायीको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार