एसियाडका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं: एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमका बीच बिदाइ गर्दै नेपाली टोलीलाई शुभकामना दिएका हुन् । क्यानको नयाँ कार्यसमिति शनिबार मात्रै चयन भएको थियो ।

Dengue

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।

ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् । अभ्यासका क्रममा उनलाई चोट लागेपछि शल्क्रिया गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार