काठमाडौँ: यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।
बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए ।
यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्