खल्तीमा रुमाल राख्नुका जान्नुस् फाइदा बेफाइदा

काठमाडौं: धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ ।

दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ । अंक ज्योतिष अनुसार शुभ लाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो ।

Dengue

रुमालमा पेन वा पेन्सिलले केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमी आउँछ । आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस् । मधुरो रंगको रुमाल बोक्नुस् ।

व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निस्सन्तान हुनुहुन्छ भने पहेंलो रुमाल सदैव राख्नुस् ।

आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नाश भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनुभएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचा नरिवल नदीमा बगाउनुस् ।

मंगलवार रातो रुमाल गोजीमा राख्नुस् । हनुमानजी प्रसन्न हुुनुहुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार