आयरल्याण्डविरुद्ध भारतको सहज जित

काठमाडौँ: आयरल्याण्डविरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न दोस्रो टी–२० मा घरेलु टोली आयरल्याण्डलाई ३३ रनले हराउँदै भारतले सिरिज एक खेल अगावै जितेको हो ।

आयरल्याण्डले भने जित्नैपर्ने खेलमा कमजोर प्रदर्शन गर्दा श्रृंखला पाहुना टोलीलाई सुम्पिन पुग्यो । भारतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

Dengue

उसका लागि एन्डी बालबर्नीले ५१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७२ रन बनाए । यस्तै, मार्क आदिरले २३, कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ रन जोडे ।

भारतका लागि रवि विश्नोई, प्रशिद्ध कृष्णा र कप्तान जसप्रित बुमराहले दुईरई तथा अर्शदीप सिंहले एक विकेट लिए ।

त्यसअघि डब्लिनमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका लागि ऋतुराज गायकवाडले ५८, सञ्जु सामसनले ४०​, रिंकु सिंहले ३८, शिवम दुबेले अविजित २२ र यशस्वी जैसवालले १८ रन बनाए ।

आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले दुई, बेन ह्वाइट, क्रेग योङ र मार्क आदिरले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार