विश्वकपको पहिलो सेमिफाइनल आज, स्पेन र स्वीडेन भिड्दै

काठमाडौँ: फिफा महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल मंगलबार हुँदै छ । पहिलो सेमिफाइनलमा स्वीडेन र स्पेनले प्रतिस्पर्धा गर्दैछन् ।

स्वीडेन २००३ को उपविजेता टोली हो । ऊ गत संस्करणमा तेस्रो भएको थियो । स्पेनले भने पहिलोपटक सेमिफाइनल खेलिरहेको हो । स्वीडेन र स्पेनबीचको खेल अस्ट्रेलियाको इडेन पार्कमा दिउँसो पौने २ बजे सुरु हुनेछ ।

Dengue

क्वार्टरफाइनलमा पूर्वविजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेनले सेमिफाइनलको यात्रा तय गरेको थियो । उच्च लयमा रहेको स्वीडेन आज स्पेनलाई हराउँदै फाइनलको टिकट काट्न चाहन्छ । यही विश्वकपमा चारपटकको विश्वकप विजेता अमेरिकालाई हराउँदै स्वीडेन उपाधि दाबेदारको रूपमा प्रस्तुत भएको छ ।

यस्तै, एसियाली पावरहाउस जापानलाई क्वार्टरफाइनलमा हराउँदै स्वीडेनले लय कायमै राख्यो । जारी विश्वकपमा स्वीडेन अपराजित छ । समूह चरणमा उसले इटालीलाई ५–०, अर्जेन्टिनालाई २–० तथा दक्षिण कोरियालाई २–१ ले हराएको थियो ।

हाल स्वीडेन फिफा वरियताको तेस्रो स्थानमा छ । यस्तै, स्वीडेनलाई स्तब्ध पार्दै फाइनलमा नजर लगाएको स्पेनले पनि जारी विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । उसले अन्तिम चारमा स्थान बनाउन साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ हराएको थियो ।

तेस्रोपटक विश्वकप खेलिरहेको स्पेन स्वीडेनलाई हराउँदै आज इतिहास रच्न चाहन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार