एसिया कपका लागि नेपाली टिम घोषणा

काठमाडौँ: पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

Dengue

एसिया कपको तयारीका लागि नेपाली टोली एक हप्ता अगाडी नै पाकिस्तान पुग्ने क्यानले जनाएको छ ।

प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म हुने तालिका छ ।

एसिया कपका लागि नेपाली टोली समूह ‘ए’ मा रहेको छ । यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगस्ट ३० तथा दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार