टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

काठमाडौँ: आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार २४ सदस्यीय टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिममा युवा खेलाडीलाई प्राथमिकता दिइएको छ ।

Dengue

टी–२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई समूह ‘ए’ मा छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ ।

समूह ‘बी’ मा ५ टिम छन् । प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् ।

नेपालको प्रारम्भिक टिम स् रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासनी, विन्दू रावल, अप्सरी बेगम, कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कंचन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार