महजोडीले काठमाडौं महानगरसँग मिलेर ल्याए फिल्म ‘ऊ गरेर ऊ गरौं’

काठमाडौं: स्थानीय न्याय निरुपणको कथावस्तुमा काठमाडौं महानगरले निर्माण गरेको छोटो फिल्म ‘ऊ गरेर ऊ गरौं’ सार्वजनिक भएको छ । सोमबार बेलुका विश्वज्योति हलमा आयोजित समारोहमा महजोडीको शीर्ष भूमिका रहेको फिल्मको विशेष प्रदर्शन गरियो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशन छ । स्थानीय तहमा परिवार र समाजसँग जोडिएका विवाद र तिनको समाधानबारेको यो फिल्मलाई मेट्रो न्यूजको युट्युवबाट सार्वजनिक गरिएको छ ।

Dengue

समारोहमा बोल्दै काठमाडौं महानगरकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनिता डंगोलले स्थानीय न्यायिक निरुपणबारे जानकारी गराउन फिल्म बनाइएको बताइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले न्यायिक समितिबाट समाधान भएका विवाद समाधानले अदालतमा चाप कम भएको बताए । उक्त अवसरमा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान दिने व्यक्ति र संस्थालाई सम्मान प्रदान गरियो ।

मेलमिलाप हुनसक्ने व्यक्ति वादी भएर दायर भएको, अन्य देवानी, २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल तथा घर बहाल सुविधा, १ बर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद न्यायिक समितिबाट समाधान गरिन्छ । नाबालक छोराछोरी र पति पत्नीलाई इज्जत आदमअनुसार खान बस्न तथा शिक्षा दिक्षा नदिएको, पाका व्यक्तिलाई खान लाउन नदिएको जस्ता विवाद धेरै देखिन्छन् । यी विवाद समाधान गर्ने विधि मेलमिलाप र निर्णय प्रक्रिया हुन् ।

यी विषयलाई फिल्ममा समावेश गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार