एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाल आठौँ स्थानमा

एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाल आठौँ स्थानमा रह्यो । हरारेमा सातौँ र आठौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भयो । हारसँगै नेपालले एकदिवसीय ग्लोबल छनोटमा आठौँ स्थानमा रही यात्रा टुंग्याएको हो । टेस्ट राष्ट्र आयरल्यान्ड सातौँ स्थानमा रहेको छ । विश्वकप छनोटमा नेपालले समूह ‘ए’मा चार खेलमा तीन हार र एक जित निकालेको थियो । समूह चरणमा नेपालले अमेरिकालाई मात्र ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग आठ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो । प्रत्युत्तरमा आयरल्यान्डले ४९।२ ओभरमा आठ विकेट गुमाएर दुई सय ६९ रन बनायो । आयरल्यान्डलाई अन्तिम ओभरमा पाँच रन आवश्यक थियो । नेपालका लागि अन्तिम ओभरमा गुल्सन झाले बलिङ गरेका थिए । इनिङ्सको ४९।१ ओभरमा डेलानीले एक रन लिए । ४९।२ ओभरमा म्याकक्याथीले चौका प्रहार गर्दै आयरल्यान्डलाई दुई विकेटको जित दिलाए । खेलमा आयरल्यान्डका काउटिस क्यामफेर म्यान अफ दी म्याच भए । उनले ब्याटिङमा ५९ बलमा ६२ रन बटुले । बलिङको क्रममा उनले १५ रन खर्चेर एक विकेट हात पारे । आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ६० रनको योगदान दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार