टस हारेपछि नेदरल्याण्डसविरुद्ध ब्याटिङ गर्दै नेपाल

दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपालले टस हारेपछि नेदरल्याण्डसविरुद्ध पहिलो ब्याटिङ गर्दैछ ।

टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

Dengue

आईसीसी विश्वकप छनोट खेल अघि नेपालको यो दोस्रो अभ्यास खेल हो । पहिलो खेलमा ब्याटिङ नचल्दा नेपाल स्कटल्याण्डसँग सहजै ७ विकेटले पराजित हुन पुगेको थियो ।

नेपाल १३६ रनमै अलआउट भएको थियो । दक्षिण अफ्रिकामा यो अन्तिम अभ्यास खेलेर नेपाल छनोट खेल्न जिम्बावे जानेछ । ​

छनोटअन्तर्गत नेपालले पहिलो खेल ३ असारमा घरेलु टोली जिम्बावेसँग खेल्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेस्टइण्डिज र ९ असारमा नेदरल्याण्डससँग खेल्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार