पिकलबलमा नेपाललाई १ स्वर्णसहित १५ पदक

काठमाडौं । सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल पिकलबल प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित १५ पदक जितेका छन् । भारतको राष्ट्रिय प्रतियोगिता भए पनि नेपाललाई पाहुना टोलीका रुपमा सहभागी गराइएको थियो ।

प्रतियोगितामा नेपालका लागि पुरुष एकलतर्फ कुमार प्रधानले स्वर्ण पदक जिते । उनले फाइनलमा गुजरातका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण विजेता कुमार प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक पनि हुन् ।

Dengue

यसैगरी महिला एकल र डबल्सतर्फ गरी जर्जिया चौधरीले तीनवटा रजत पदक जितिन् । स्वस्तिका महर्जन एक रजत र दुई कांस्य पदक हात पारिन् । प्रजुना अधिकारीले एक रजत र दुईवटा कांस्य पदक जितिन् ।

यसैगरी पुरुषतर्फ जनक फडेराले दुईवटा रजत पदक हात पारे । किरण खनालले एक रजत र सौरभ भण्डारीले एक कांस्य पदक जिते । प्रतियोगितामा नेपालको एक टोलीसँगै भारतका १० वटा प्रान्तका खेलाडीको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार