धनगढी । नागरिक उन्मुक्ति पार्टीले ५ दिन नेपाल बन्दको घोषणा गरेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नाउपाले नेपाल बन्दको घोषणा गरेको हो ।
नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितका अनुसार जेठ ६ गते देखि १० गतेसम्म नेपाल बन्द गरिनेछ । त्यस्तै, जेठ ३ गतेदेखि ५ गतेसम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने पण्डितले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्