‘सक्किगो नि’को तेस्रो सिजन जेठ ११ देखि

काठमाडौं । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजनको प्रसारण मिति घोषणा भएको छ । निर्माता जेपीटी क्रिएसनले टिजर सार्वजनिक गर्दै कार्यक्रमलाई आगामी जेठ ११ गतेदेखि प्रसारण गर्ने जनाएको हो । कमेडी जनराको सिरियल भए पनि टिजर चाहिं गम्भीर र मर्मस्पर्शी छ ।

परिवार सुख र धन कमाउने सपनासहित कतार उड्न लागेको एक पात्रलाई चित्रण गरिएको टिजर गम्भीर लाग्छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गर्ने यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माणको तयारी छ ।

Dengue

प्रवद्र्धन टिजरको रुपमा हामीले वैदेशिक रोजगारीको विषयवस्तुलाई समावेश गरेका हौं । तर यो ट्रेलर होइन । सक्किगो निको जुन शैली विगतदेखि छ, त्यही कथावस्तु र शैलीमा सिरियल निर्माण हुन्छ,’ निर्देशक कट्टेलले अनलाइनखबरसँग भने, ‘सम्भव भएसम्म राम्रा विषयवस्तुमा काम गर्ने सोच छ । तेस्रो सिजनमा पनि सम्भावना भएका कमेडियनलाई समेट्दै लैजानेछौं ।’

टिजरबारे निर्देशक कट्टेलले भने, ‘हामीले बनाउने कमेडी सिरियल नै हो । देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ भनेर कनेक्सन मात्र गर्न खोजिएको हो ।’

हिमालय टिभी एचडीमा यो सिरियल बिहीबार बेलुका ८ बजे प्रसारण हुनेछ । सिरियलमा अभिनेता कट्टेलले जिग्री ब्रो नामक पात्रको भूमिका निर्वाह गर्नेछन् । ‘पहिला यो पात्र आवार, लफंगा र हाउडे मात्र थियो । केटीको पछि मात्र लाग्थ्यो । तर यसमा उसबाट संवेदनशील विषयमा मच्योर्ड कुरा पनि आउँछ । युवा परिपक्व हुनुपर्छ भन्ने सन्देश जिग्री ब्रोले दिनेछ,’ कट्टेलले आफ्नो पात्रबारे भने ।

अघिल्ला सिजनका कलाकारलाई नै तेस्रो सिजनमा निरन्तरता दिइने जनाइएको छ । तेस्रो सिजनको समाप्तिलगत्तै ‘सक्किगो नि’ टिमले फिल्म निर्माणको योजना पनि बनाइरहेको निर्देशक कट्टेलले बताए । ‘सम्भवतः यो वर्ष सक्किगो नि टिमको फिचर फिल्म आउनेछ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार