छायांकन नसकिंदै ‘भष्मे डन’ अन्तर्राष्ट्रिय बजारमा बिक्री

काठमाडौं । फिल्म छायांकन नसकिंदै ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ । दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने बताए ।

उनका अनुसार फिल्मको विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी नेट कलेक्सन भएको छ । अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मध्यपूर्व, मलेसिया र युरोपेली मुलुकमा फिल्म प्रदर्शन निश्चित भएको हो । ‘नेपालसहित सोही दिनमा यी सबै क्षेत्रमा रिलिज हुनेछ,’ खनालले भने ।

Dengue

२०७३ सालमा रिलिज भएको हिट फिल्म ‘पशुपतिप्रसाद’को स्पिनअफको रुपमा यो फिल्मको निर्माण सुरु भएको हो । बिहीबार फिल्मको छायांकनले ५० दिन पूरा गरेको छ । अहिले पशुपति क्षेत्रमा भइरहेको फिल्मको छायांकन अबको डेढ सातामा सकिने खनालले बताए । छायांकनमा ढिलाइ भएसँगै फिल्मको बजेटमा पनि वृद्धि हुने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार