बैँग्लोरलाई पराजित गर्दै मुम्बई आईपीएलको तेस्रो स्थानमा

काठमाडौँ: मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैँग्लोरमाथि शानदार जित हात पार्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदान वान्खेडेमा मंगलबार राति भएको खेलमा बैँग्लोरलाई ६ विकेटले पराजित गर्दै मुम्बईले ११ मध्ये ६ खेलमा जित हात पारेको हो ।

पाँच खेलमा पराजय भोगेको मुम्बईले १२ अंक जोडेको छ । शीर्ष स्थानको गुजरात टाइटन्सको १६ तथा चेन्नई सुपर किंग्सको १३ अंक छ । बैँग्लोर भने १० अंकसहित सातौ स्थानमा छ ।

Dengue

मंगलबार राति २ सय रनको लक्ष्य मुम्बईले १६ ओभर ३ बलमा केवल ४ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईलाई जित दिलाउन सूर्यकुमार यादवले ३५ बलमा सर्वाधिक ८३ रन जोडे । उनले ७ चौका र ६ छक्का हिर्काए । नेहाल वधेराले ५२ तथा इशान किसनले ४२ रन बनाए । बैँग्लोरका वानिन्दु हसरंगा र विजयकुमार भायसकले समान २/२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैँग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । ग्लेन म्याकवेलले ६८ तथा कप्तान फाफ डु प्लेसिसले ६५ रन जोडे ।

मुम्बईका लागि जासोन बेहरेनड्रोफले सर्वाधिक ३ विकेट हात पारे ।

आईपीएलमा आज चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार