यूएईविरुद्ध आक्रमक देखिएको नेपाललाई वर्षा बाधक

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध आक्रमक रुपमा वलिङ गरिरहेको नेपाललाई वर्षा बाधक भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डीङ रोजेपछि ब्याटिङ गर्न आएको यूएई नेपालसामु निरीह देखिएको छ ।

Dengue

पटक-पटक पानी पर्दै रोकिँदै गरिरहेको खेल पूर्णरुपमा नेपालको पकडमा आइसकेको छ ।

आज यूएईका आसिफ खान वाहेक अन्य खेलाडिले सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । यूएईले २७.३ ओभरमै मात्र १०६ रनमै ९ विकेट गुमाइसकेको छ ।

यूएईको ब्याटिङ ध्वंस्त पार्नेक्रममा नेपालका ललित राजवंशीले उत्कृष्ट वलिङ गरेका छन् । ४.३ ओभर वलिङ गरेका उनले जम्मा ५ रन खर्चेर तीन विकेट लिएका छन् ।

करण केसी र सन्दीप लामिछानेले दुई दुई विकेट लिँदा यूएईको एक महत्व्पूर्ण विकेट भने गुल्सन झाले लिएका छन् । भने अर्को एक विकेट सोमपाल कामीले लिएका छन् ।

आज वर्षा राकिएर पुनः खेल सुरू भएमा नेपालले यूएईविरुद्ध शानदार जित हात पार्दै सेप्टेम्बरमा पाकिस्तानमा हुने एसीया कपमा स्थान बनाउने निश्चित रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार