नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार नेपाल र कतार आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ९ बजे समूह ‘ए’को अन्तिम खेलमा नेपाल र कतार आमने सामने हुँदैछन्। सोही समयमा समूह ‘बी’का हङकङ र कुवेत मुलपानी मैदानमा भिड्नेछन्।

समूह ‘एु’बाट नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिसकेको छ।

Dengue

समूह ‘ए’मा ओमन ६ अंक जोडेर शीर्षस्थानमा छ भने ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। ४ अंक जोडेको मलेसिया तेस्रो स्थानमा, ३ अंक जोडेको साउदी अरब चौथो स्थानमा र अंकविहीन कतार पाँचौँ स्थानमा छन्। यो समूहबाट सेमिफाइनलमा ओमन र नेपालले स्थान बनाइसके पनि समूह विजेताको टुंगो भने आजको खेलपछि मात्र लाग्नेछ।

त्यस्तै, समूह ‘बी’बाट ६ अंक जोडेर यूएईले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका हङकङ र कुवेतको क्रमशः ५ र ४ अंक छ। आजको खेलमा विजयी टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह चरणबाटै बहराइन र सिंगापुर भने बाहिरिसकेका छन्।

एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार