सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधार्नुपर्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताएका छन् ।

वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ, उनले भने, देशको अर्थ व्यवस्थाबारे यहाँहरू जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो ।

Dengue

सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता नपर्ने उल्लेख गर्दै अर्थमन्त्री महतले अप्ठ्यारो समयमै एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए । सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको कार्यक्षमता बढाउने चुनौती छ, उनले भने ।

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादात्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको उल्लेख गर्दै मन्त्री महतले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यका साथ सँगसँगै लैजानुपर्ने बताए । तर, राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्त्वपूर्ण छ । मन्त्री महतले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार