मुम्बईले कोलकातालाई २३ औ पटक हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले जारी सिजनमा लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले पराजित गरेको हो। ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा कोलकातालाई वानखडेमा जितको प्रतिक्षासमेत लम्ब्याइदियो।

यो मुम्बईको कोलकाता विरुद्ध २३ औ जित हो। यि दुईबिच अहिले सम्म कुल ३२ खेल भएको छ। जारी सिजनमा भने यो मुम्बईको दोस्रो जित हो। जितसँगै मुम्बई अङ्क तालिकाको आठौं स्थानमा रहेको छ।

khadya

आफ्नो घरेलु मैदानमा मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

कोलकाताका लागि बेंकटेस अय्यरले १०४ रनको शतकीय इनिङ खेले। जारी सिजन यो कुनैपनि खेलाडीले प्रहार गरेको दोस्रो शतक हो। उनी बाहेक आन्द्रे रसेलले २१ रनको नटआउट इनिङ खेल्दा रिन्कु सिंहले १८ रन बनाएपनि टिमलाई जितका लागि आवश्यक स्कोरमा पुर्याउन भने सकेनन्।

१८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मुम्बईका लागि इशान किशनले ५८ रन बनाउँदा सुर्यकुमार यादवले ४३ रन बनाएका थिए। त्यस्तै तिलक वर्माले ३० रन बनाउँदा टिम डेभिड २४ रनमा नटआउट रहे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार