फुटबल खेलेर कति कमाए नेमारले ?

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमार दसिल्वालाई नचिन्ने फुटबल पे्रमि विश्वमा सायदै होलान् । व्यवसायिकरुपमा सान्तोष एफसीबाट आफ्नो करिअर सुरु गरेका उनी बार्सिलोना हुँदै अहिले पेरिस सेन्ट जम्र्यान (पिएसजी) बाट खेलिरहेका छन् । विश्वका सर्वाधिक महँगा मानिने यस्त क्लबहरुमा प्रमुख खेलाडीका रुपमा आफ्नो स्थान लिइसकेका नेमारका नाममा धेरै किर्तिमान छन् ।  

उनी एक बहुप्रतिभाशाली खेलाडीकारुपमा चिनिन्छन् । किनकी उनी खेल मैदानमा जुनसुकै स्थानबाट पनि उतिकै कुशलतापूर्वक खेल्छन् । उनको अप्रत्यारिलो धावनगति, बल गुडाउन क्षमता र गोल हान्ने तरिकाका कारण सबैको आँखामा बस्न सफल भएका छन् ।

Dengue

उनले विगत एक दशकमा फुटबल खेलेर कमाए होलान् ? यो धेरैलाई जिज्ञासाको विषय बन्न सक्छ । सन् २०१३/१४ को सिजनमा मात्रै उनले तलबकारुपमा एक करोड २५ लाख ४१ हजार युरो आर्जन गरेका थिए । 

सन् २०१४/१५ को सिजनमा अघिल्लो वर्ष भन्दा केहि कम एक करोड १० लाख २९ हजार युरो कमाएका थिए । तर, त्यसपछिको सिजनमा भने उनले एक करोड ६९ लाख २१ ह्जार युरो कमाए ।  

त्यसपछिका वर्षमा उनको आय निकै माथी पुग्यो । सन् २०१६/१७ मा नेमारले दुई करोड ८६ लाख १५ हजार युरो तलबका रुपमा थापे । त्यस्तै, सन् २०१७/१८ मा भने उनले चार करोड ३३ लाख युरो आर्जन गरेका थिए । सन् २०१८/१९ माप नि उनको तलब अघिल्लै वर्षको बराबर नै थियो भने सन् २०१९/२० को सिजनमा पनि त्यो बढ्न । 

बर्सिलोना छोडेका उनले सन् २०२०/२१ मा पाँच करोड ६३ लाख ६० हजार युरो कमाए । जुन अहिले आबद्ध रहेको क्लबबाट प्राप्त गरिरहेका छन् । सन् २०२१/२२ र २०२२/२३ मा पनि उनको कमाई वार्षिक ५ करोड ६३ लाख ६० हजार नै रहेको छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार