लखनउ आईपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौँ: लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै लखनउ शीर्ष स्थानमा उक्लिएको हो ।

लखनउले ३ मध्ये २ खेल जित्दै चार अंक जोडेको छ । साविक विजेता गुजरात टाइटन्स र पञ्जाव किंग्सको समान ४/४ अंक भएपनि नेटरन रेटका आधारमा लखनउ भन्दा तल छन् ।

Dengue

शुक्रबार रातिको खेलमा १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । लखनउका लागि कप्तान केएल राहुलले ३५ र क्रुनाल पाण्ड्याले ३४ रन बनाए । हैदराबादका लागि आदिल रसिलले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र जोड्यो । उसका लागि राहुल त्रिपाठीले ३४ रन तथा अनमोलप्रित सिंहले ३१ रन बनाए । लखनउका क्रुनाल पाण्ड्याले ३ र अमित मिश्राले २ विकेट हात पारे ।

आईपीएलमा आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध खेल्दा दोस्रो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार