पैसामाथि सुतेर टिकटक बनाउने व्यक्ति पक्राउ, सचेत गराएर छाडियो !

काठमाडौं । पैसाको नोटमाथि सुतेर टिकटक भिडियो बनाउने व्यक्तिलाई प्रहरीले सचेत गराएको छ ।

पैसाको नोटमाथि सुतेको भिडियो सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएको थियो । सोही अनुसार खोज्दै जाँदा पैसाको नोटमाथि सुतेर भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास-१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने सुलभ आचार्य रहेको खुलेको छ ।

आचार्यले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको प्रहरी परिसरले जनाएको छ ।

आचार्यको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार