बढी भीड हुने सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय, कर्मचारीले सट्टा बिदा पाउने

काठमाडौं – सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय सार्वजनिक बिदाको दिन पनि खुला राख्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि नरोक्ने गरी तालिका स्वीकृत गरेको छ । सार्वजनिक विदाको दिन काम गर्ने कर्मचारीले सट्टा बिदा पाउनेछन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार